चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका हुन् । 

परिषद्ले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ  । परिषद्मा महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेतलगायत चेम्बर अभियानका अग्रज छन् । 

Advertisement

परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तर्राष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यावसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा तीन दशकदेखि सक्रिय छन् । 
 

Advertisement