नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट हस्तान्तरण

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको श्री सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ । 

बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखि गर्दै आइरहेको छ । सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिङ सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो । 

Advertisement

उक्त कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रवन्धक सुसिल निरौला, स्कुलका प्रधानाध्यापक देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरु, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
 

Advertisement

Advertisement