परराष्ट्रमन्त्रीसँग बैंकमा जम्मा रु. एक लाख २२ हजार, पैत्रिक सम्पत्ति सबै पार्टीलाई

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९१८ रुपियाँ ६४ पैसा, केही पुख्यौली जमिन, एउटा उपहारमा पाएको गाडी मात्रै रहेको दावी गरेका छन् । 

मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको जनाउँदै गोरखाको सिरानचोक गाउँपालिका ८ मा आफ्नो नाममा तीन कित्ता जग्गा मात्रै रहेको उल्लेख गरेका छन् ।

Advertisement

एउटा कित्ता ३१ रोपनी १५ आना, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना पैत्रिक सम्पत्ति २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिसकेको जनाउँदै श्रेष्ठले यो हस्तान्तरण प्रक्रियामा नै रहेको दावी गरेका छन् । 

आफूसँग कुनै पनि कम्पनीको शेयर नरहेको दावी गरेका उनले बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी भने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् । यो गाडी स्वयम दाहालले भने आफ्नो सम्पत्ति विवरणमा देखाएका छैनन् । 

Advertisement