महाविपत्तिमा वैद्धिक सुरक्षा प्रविधि किन ? पूर्वमहासेनानी जीतेन्द्र कार्कीको विचार

Advertisement

जसले नेपालको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक, मानसिक अवस्था पूर्णरुपमा बिथोलिएको अवस्था देख्न सकिन्छ । यही वातावरणमा ‘धमिलो पानीमा माछा मार्न’ देशका केही संस्थाहरु विभिन्नरुपमा यही मौकाको उपयोग गरेको पाइन्छ । मैले यहाँ सन्र्दभ गाँस्न खोजेको चाहीँ नेपालमा केहीविषय भनेको चलिआएको बाढी, पहिरो, आगलागी विभिन्न यातायात दुर्घटना, द्वन्द्व र राजनैतिक अस्थिरता आदि विभिन्न विपत्तिबाट क्रमशः गुज्रिरहेको पाइन्छ ।

हालै आएको भुकम्पले गरेको क्षतिलाई समग्र मुल्यांकन गरी प्राकृतिक र अप्राकृतिक विपत्तिलाई आफ्नै देशको माटो र धर्म सुहाउँदो  ‘वैद्धिक सुरक्षा प्रविधि’को प्रयोग गरी न्युनीकरण गर्ने सम्बन्धमा पनि उपचार खोज्नुपर्ने हुन्छ । प्राकृतिक विपत्ति कसैले छेक्न र रोक्न सक्दैन । तर प्रविधिको प्रयोग गरेर टार्न वा क्षति न्युनीकरण गर्न सकिन्छ । केवल आधुनिक प्रविधिबाट मात्र समस्याको निराकरण खोज्नुभन्दा पनि नेपाल एक वैद्धिक संस्कार भएको राष्ट्र भएको र बहुसंख्यक जनसंख्या हिन्दु र बौद्ध धर्मावलम्वी भएको हँुदा ‘वैद्धिक सुरक्षा प्रविधि’को प्रयोग दीर्घकालीन र भरपर्दो हुनसक्छ भन्ने कुरा वैद्धिक विज्ञान अन्तर्गतका विभिन्न विधाको सफल प्रयोगले विश्वसामु प्रमाणित गरिसकेको छ ।

हालैको भुकम्प पछिको महाविपत्तिमा राष्ट्रको पुननिर्माणको क्रममा वैद्धिक सुरक्षा प्रविधिको प्रयोग पनि उपयोगी सिद्ध हुनसक्छ । वेदमा सुरक्षासम्बन्धी केही सुत्रहरु रहेको भन्ने कुरा ‘हेयम् दुःखम् अनागतम’् अर्थात् आउनेवाला सङ्कटलाई पन्छाइदिने तरिकाको रुपमा वर्णन गरेको पाइन्छ । आधुनिक युगका वैद्धिक वैज्ञानिक ‘महर्षी महेश योगी’द्वारा यस वैद्धिक सुरक्षा प्रविधिको संसारका चर्चित वैज्ञानिकद्वारा अनुसन्धान र प्रमाणित गराई सकिएको छ । विगतमा यस सुरक्षा प्रविधिको प्रयोग मोजाम्बिक, इजरायल, युक्रेन, ल्याटिन अमेरिका तथा रुस जस्ता द्वन्द्वग्रस्त मुलुकले सफल प्रयोग गरिसकेका छन् भने पंक्तिकारले पनि राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत कङ्गोमा कार्यरत रहँदा सन् २०११ यस प्रविधिको सफल प्रयोग गरेको थिए ।
हालको विपत्तिलाई न्यूनीकरण गर्न वैद्धिक सुरक्षा प्रविधि अन्तर्गत निम्न कार्यहरु गर्न सकिन्छः
१. यस देशको ब्रम्ह्मस्थान (बीचभाग) खोजेर देशको जनसंख्याको एक प्रतिशतको वर्गमूल जनसंख्या बराबरको वैद्धिक पण्डित राखेर ध्यानमार्फत् सकारात्मक उर्जा उत्सर्जन गरी निरन्तररुपमा ‘सुरक्षा कवच’ प्रदान गरी रहने ।
२ं. सही प्रविधिको प्रयोग गरी वैद्धिक यज्ञ (ग्रहशान्ति, संकटमोचन, अतिरुद्राभिषेक आदि) राष्ट्रब्यापी रुपमा लगाउने ।
३. कालान्तरमा वैदिक वास्तुशास्त्र अनुसारको वैद्धिक सहर निर्माण गर्दै लाने ।
४. भविष्यमा ‘सुरक्षा कवच’ मजबुत बनाई राख्न देशका सबै सुरक्षा अङ्गहरुसमेत परिचालन गरी देशको विभिन्न स्थानमा ‘वैद्धिक सुरक्षा प्रविधि’सम्बन्धी तालिम लिई समन्वयात्मकरुपमा कार्य गरिरहने ।

वैद्धिक सुरक्षा प्रविधि आफ्नै देशको माटो जनसंख्या र पहिचान सुहाउँदो एक दिगो र घरेलु वैद्धिक प्रविधि हो ।  जुन प्रविधिको सफल प्रयोग गरेर नेपालले यसको प्रवर्धन र निर्माण समेत गर्न सक्छ । प्राकृतिक विपत्तिलाई कम गर्न र विपत्ति आएमा पनि क्षति कम गर्न प्राकृतिक नियम तथा कानुनको पालना गरेर जानुपर्छ । यदी नियम मिचेमा पुनः क्षति वा महाविनाश व्यहोर्नुपर्ने हुनसक्छ र यसको एकमात्र उपाय भनेको वैद्धिक विज्ञानको अधिकतम् प्रयोग नै हो । यस प्रविधिले कुनै निश्चित विपत्तिसँग सुरक्षित हुने मात्र नभई समग्र देशको आर्थिक, सामाजिक, राजनैतिक, प्राकृतिक तथा अप्राकृतिक संकटहरुबाट समेत निरन्तररुपमा सुरक्षा कवच प्रदान गरिरहन्छ ।

नेपालको इतिहासमा पनि नेपाल राष्ट्रलाई सार्वभौम बनाई राख्नु, नेपाल कुनै देशको उपनिवेश नबन्नु, अधिकांश लडाइँमा नेपालको विजय हुनुमा वैद्धिक संस्कार तथा विज्ञानको प्रमुख हात रहेको छ भन्नुमा कुनै आपत्ति नहोला । नेपा गरिब राष्ट्रको सूचीमा भएकोले महङ्गा प्रविधिको प्रयोगले मात्र विकास सम्भव हुँदैन । तसर्थ वैद्धिक सुरक्षा प्रविधि अति सरल, सस्तो र मौलिक भएको हुँदा यस्ता प्रविधिको अझ खोज गरी प्रयोग गर्न सकेमा उपयुक्त हुने देखिन्छ । नेपाली सेनाले देश र जनताको सुरक्षाको लागि यस वैद्धिक प्रविधिको सही र निरन्तर प्रयोग गरेमा हाल देशव्यापी रुपमा सेनाद्वारा गरिएको यज्ञयज्ञादि तथा ‘अपरेशन संकटमोचन’को सही अर्थ र लाभ देश र जनताले सदैव लिन पाउने थिए र नेपालका सुरक्षा निकायहरु संसारको एकमात्र वैद्धिक संस्कार पालना गर्ने सुरक्षा निकाय भएको हुनाले यसको अगुवाइ गर्न सक्षम रहने थिए ।

Advertisement

Advertisement

Advertisement