मृत महिला फ्रिजभित्र जिउँदै भेटिएपछि

Advertisement

एजेन्सी । दक्षिण अफ्रिकामा मृत भनिएकी एक महिला जिउँदै भेटिएकी छिन् ।

सडक दुर्घटनामा घाइते भएकी एक महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एक शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक व्यक्तिले त्यो फ्रिज भित्र राखिएकी महिला जिउँदै रहेको पत्ता लगाएका थिए । उनको नाम भने खुलेको छैन ।

महिलाका परिवारले यसमा चिकित्सको लापरबाहि भन्दै घटनाका बारेमा विस्तृत अनुशन्धान गर्न अधिकारीहरसँग माग गरेका छन् ।

यस्तो घटना पहिलो पटक भने भएको होइन । पटक–पटक जिउँदै रहेका मानिसलाई मृत घोषणा गरेका घटना सार्वजनिक भैरहेका छन् । दक्षिण अफ्रिकामै सात वर्षअघि मृत घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन शवगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो ।
त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घटनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।

Advertisement

Advertisement

Advertisement