व्यापार घाटालाई विप्रेषणको वृद्धिले थेग्न सकेन, शोधनान्तर घाटा ३५ अर्ब नाग्योे

Advertisement

काठमाडौं । आयात र डलरको मूल्यमा आएको वृद्धिका कारण देशको शोधनान्तर घाटा बढ्दै गएको छ । यस आर्थिक बर्षको पहिलो तीन महिनामा शोधनान्तर खाता घाटा विस्तार भई ८१ अर्ब ९६ करोड रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस आर्थिक वर्षको पहिले दुई महिनाको अविधिमा शोधनान्तर घाटा २५ अर्ब ४५ कराण रुपियाँ रहेको थियो । अघिल्लो वर्षको तीन महिनामा शोधनान्तर खाता ४ अर्ब २७ करोड रुपियाँले बचतमा रहेको थियो ।

यस अवधिमा चालु खाता घाटा पनि चुलिँदैै गएको छ । यस आर्थिक बर्षको पहिलो तीन महिनामा चालु खाता घाटा विस्तार भई ८१ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ अर्ब ५२ करोड रुपियाँ रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रुपियाँ रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७१ करोड ६९ लाख रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर खाता ३५ अर्ब ४२ करोड रुपियाँले घाटामा रहेको छ । अमेरिकी डलरमा शोधनान्तर खाता अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ३१ करोड ६२ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ३ अर्ब ५५ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १ अर्ब ५४ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी क्रमशः ४ अर्ब ९६ करोड रुपियाँ र ६ अर्ब ७ करोड रुपियाँ रहेको थियो ।

यस अवधिमा विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले वृद्धि भई २४२ अर्ब १७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६ दशमलव ६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव ४ प्रतिशतले वृद्धि भई २७० अर्ब ७३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ दशमलव ३ प्रतिशतले बढेको थियो ।

सोही अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

Advertisement

Advertisement