न्यायका लागि निर्मलाका बाबु-आमाले सुरु गरे अनिश्चितकालीन धर्ना

Advertisement

काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउनका लागि कञ्चनपुरमा पुनः आन्दोलन सुरु भएको छ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि पन्तका बाबु-आमा न्याय माग्दै आइतबारदेखि अनिश्चितकालका लागि धर्ना बसेका छन् ।

हत्यारा सार्वजनिक गर्न माग राखेर आइतबारदेखि निर्मलाका बुवाआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट बाहिर हत्यारा सार्वजनिक गर्न माग राखेर धर्ना सुरु गरिएको हो । हत्या भएको सय दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक नगरिएको भन्दै निर्मला बुवाआमासहित अधिकारकर्मीहरुले पुनः आन्दोलन शुरु गरेका हुन् ।

‘अहिलेसम्म छोरीका हत्यारा सरकारले सार्वजनिक गरेको छैन’, धर्नामा बस्नु अघि बाबु यज्ञराजले भने, ‘यो धर्ना अनिश्चितकालिन हो, छोरीका हत्यारा सार्वजनिक नहुन्जेसम्म रोकिने छैन ।’

उनले चौबीसै घण्टा आफू प्रशासनको गेट बाहिर धर्ना बस्ने बताए । आइतबारदेखि सुरु भएको धर्नामा दुर्गादेवी पन्त र लक्ष्मीदेवी पन्तसमेत बसेका छन् ।

Advertisement

Advertisement

Advertisement