पूर्वप्रधानन्यायाधीस केदारप्रसाद गिरीको निधन

Advertisement

काठमाडौं । सर्वोच्च अदालतको पुर्व प्रधानन्यायधीश केदार प्रसाद गिरीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको शुक्रबार दिउँसो २ः३० बजे निधन भएको हो ।

गिरी लामो समयदेखि उच्च निमोनीया, मृगौला, रक्तचापलगायतका रोगबाट पिडीत थिए । गिरीको निधनको सर्वोच्च अदालतका मुख्य रजिष्टार राजन भट्टराईले पुष्टि गरेका छन् ।

गिरीको स्वास्थ्यमा समस्या देखिएपछि एक साता ग्रान्डि अस्पतालमा उपचार गरिएको थियो । ग्रान्डिले थप उपचारको आवश्यक रहेको भन्दै उनलाई नर्भिक अस्पताल रिफर गरेको थियो ।

उनले २०६६ वैशाख २५ गतेदेखि २०६६ माघ २७ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायधीशको जिम्मेवारी सम्हालेका थिए । ११ वर्ष अघि नेपालकै संवैधानीक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतका प्रधानन्यायधीसमाथि संसदीय सुनुवाई भएको थियो । सो क्रममा उनी विरुद्ध विभिन्न १६ वटा मुद्दा लागेको थियो ।

Advertisement

Advertisement

Advertisement