संसद छलेर सुटुक्क कर्मचारी समायोजन अध्यादेश जारी

Advertisement

काठमाडौं । सरकारले संसदलाई छलेर कर्मचारी समायोजन अध्यादेश जारी गरेको छ । आलोचना हुँदाहुँदै सरकारले शीतल निवास पठाएको यस अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसद चुहिएकोले बैठक बस्न नसकेको भन्दै बैठक आव्हान गनै आलटाल गर्दै आएको सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरिछाडेको छ । जबकी अर्थमन्त्री युवराज खतिवडाले केही दिनअघि आर्थिक पत्रकार समाजको कार्यक्रममा संसदबाटै यो विध्ययेक जारी गर्ने बताएका थिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रmमा बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो निर्णय लुकाएको तथ्य आज खुलेको छ । संसद् छलेर कर्मचारी समायोजन अध्यादेशमा आएकोमा सत्तारूढ दलकै सांसदले आपत्ति जनाइरहेको बेला एकाएक राष्ट्रपति भण्डारीले यसलाई प्रमाणिकरण गरिदिएकी हुन् ।

Advertisement

Advertisement

Advertisement