नेपाल एसबिआई बैंकको १५.७९ प्रतिशत लाभाशं पारित

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

द्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न उक्त सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा २७६ करोड १७ लाख रुपैयाँ संचालन मुनाफा र २०२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ ।

Advertisement

Advertisement

Advertisement