सीजी मोटोकर्पको वैगनआर नेपाली बजारमा, मूल्य २४ लाख ९९ हजारदेखि शुरु

,   २८ चैत्र २०७५, बिहीबार, ०२:०१ pm   
सीजी मोटोकर्प

काठमाडौं । नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले मारुती सुजुकीको वागेनआर कार नेपाली बजारमा ल्याएको छ । आगामी बिहिबारबाट यसको आधिकारीक बिक्री वितरण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको यस गाडीको पछाडिको भाग पनि आर्कषक छ । टेल लाईट भोल्भो एसयूभीको जस्तै प्रयोग गरेको छ । भारतीय बजारमा गत जनावरी २३ मा सार्वजनिक भएको यो नयाँ कारले निकै राम्रो बजार पाउन सफल भएको छ ।

पुरानोको तुलनामा यसको अगाडिको ग्रिल फरक बनाईएको छ । कारमा प्रयोग भएको हेडल्याम्प पहिलेको तुलनामा ठूलो रहेको छ भने फग लाईट पनि परिर्माजन गरिएको छ ।

aecc

यसमा दिइएको १.० लिटर पेट्रोल इन्जिनले ६७ एचपीको पावर र ९० एनएम टर्क जेनेरेट गर्छ भने १.२ लिटर के–१२ इन्जिनले ८३ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । नयाँ वागेनआरमा निकै आर्कषक ड्यासबोर्ड दिइएको छ । जहाँ नयाँ फिचरको रुपमा इफोटेन्टमेन्ट सिस्टम ग्राहकले पाउने छन् ।

कम्पनीले नेपाली बजारमा दुई इन्जिन अप्सनमा वागेनारलाई भित्र्याएको छ । जसमा १.० लिटर भिएक्सआई (अप्सनल) र १.२ लिटर भीएक्सआई र भीएक्सआई (अप्सनल) रहेको छ ।

टलव्वय डिजाइनमा निर्माण भएको यो कार पुरानोको तुलनामा झनै अग्लो देखिएको छ । अल न्यू वागेनआरमा स्टेयरिङ माउण्टेड कन्ट्रोल्सको सुविधा रहेको छ । ड्युअल एयरव्याग, ईबीडीको साथमा एबीएस, रियर पार्किङ सेन्सर र स्पीड अलर्ट सिस्टम जस्ता फिचर्स यसमा रहेका छन् ।

वागनआरको १.० लिटर इन्जिनले २२.५ किलोमिटर प्रति लिटर र १.२ लिटर इन्जिनले २१.५ किलोमिटर प्रति लिटर माइलेज दिने एआरएआई सटिफाईड रहेको छ ।

हालै बजारमा उपलब्ध १० लिटर भीएक्सआई (अप्सनल) मोडलको मूल्य २४ लाख ९९ हजार र १.२ लिटर भीएक्सआई (अप्सनल)को मूल्य २६ लाख ९९ हजार रहने जनाइएको छ । १.२ लिटर भीएक्सआईको मूल्य २५ लाख ९९ हजार पर्ने कम्पनीले जनाएको छ ।