नयाँ वर्षको अवसरमा ‘टिभिएस मेरो साथी’ लाइफटाइम वारेन्टी अफर

Advertisement

काठमाडौं । नेपाली टू व्हिलर मार्केटमा ‘टेक्नोलोजी च्याम्पियन्स’को रुपमा स्थापित टिभिएसले नयाँ वर्षको अवसर पारेर ‘टिभिएस मेरो साथी’ योजना सार्वजनिक गरेको छ । 

यो योजनाअन्तर्गत ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफ टाइम वारेन्टीको सुबिधा उपलब्द गराउने कम्पनीको भनाई छ ।  

Advertisement

गुणस्तर र प्रविधिमैत्री सवारी साधनको उत्पादनमा अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा आधुनिक विशेषताहरु राख्दै प्रयोगकर्ताहरुमाझ ठूलो प्रभाव पार्न सफल बनेको छ । 

स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी बनाउँदै टिभिएसले बजारमा आफ्नो पकड बढाउँदै लगेको छ । ‘टिभिएस मेरो साथी’ योजनाअन्तर्गत ग्राहकहरुले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराएको छ भने हरेक हप्ता सतप्रतितश ‘क्यास ब्याक’, ‘स्योरसट’ नगद छुट र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मूल्यांकन, बजारकै सबैभन्दा कम ईएमई (किस्तावन्दी) तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता अफरहरु उपलब्द गराउने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिको लागि देशैभर लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जाल रहेको यस कम्पनीले पछिल्लो केही बर्षमा टिभिएसको एनटर्क स्कुटर बिक्रीमा राम्रो सफलता हात पारेको छ । गुणस्तरीय उत्पादन, नवीन प्रविधिको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको कम्पनीको भनाई छ । 
 

Advertisement

Advertisement