महाशिवरात्रिमा यी रुटमा सवारीसाधन डाइभर्सन,  पार्किङ कहाँ ?

Advertisement

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारीसाधनलाई डाइभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने भएको हो ।

त्यसैगरी मालवाहक सवारीसाधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध समेत गरे ।

Advertisement

आवश्यकताअनुसार डाइभर्सन गरिने स्थान ः

– चाबहिलबाट गौशालातर्फ ।

– पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।

– ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।

– द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।

– सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।

– लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।

– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।

– तिलगंगाबाट गौशालातर्फ ।

– मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।

– जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।

– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।

– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

तर मालवाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने छ ।

मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन

– कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने ।

– कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।

– महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।

– कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ्गको व्यवस्थापन गरिएका स्थान ः

– सिफल चौर (दर्शानार्थीहरूका लागि)

– कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारीसाधन)

​– भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधन)

​– तिलगंगाको खाली स्थान र करिडोरमा (तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधन)

– वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन)

​– गुहेश्‍वरी पारी (तीर्थयात्री, दर्शानार्थीको सवारीसाधन)

जनशक्ति परिचालन

– महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।

– प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।

– यसबाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यवस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ति परिचालन गरिनेछ ।

Advertisement

Advertisement