‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन

Advertisement

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ । गएको २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट सोहि रकम संकलन भएको हो ।

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधाबीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले कार्यक्रमबाट २० लाख र गायक प्रकाश पौडेल दाइले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा बताए ।

कार्यक्रममा धुर्मुस सुन्तलीले हास्य प्रस्तुति दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधानलगायतका कलाकारहरुले समेत प्रस्तुति दिएका थिए ।

Advertisement

Advertisement

Advertisement