एनसीसी बैंकको नाफा ३१ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा ३१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा रहेको ८८ करोड ८० लाखको नाफालाई समिक्षा अवधिमा १ अर्ब १६ करोड ४० लाख रुपियाँ पुर्याएको हो ।

बैंकको वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा मात्रै ४१ करोड ५३ लाख रुपियाँले खुद नाफा वृद्धि गरेर एक अर्ब १६ करोड ४० लाख मुनाफा आर्जन गरेको हो ।

बैंकले चैत मसान्तसम्म ६१ अर्ब ४६ करोड रुपियाँ निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड कर्जा प्रवाह गरेको एनसीसी बैंकको कुल चुक्ता पुँजी ८ अर्ब पुगेको रिपोर्टमा देखाइएको छ ।

बैंकको ब्याज आम्दानी अघिल्लो वर्ष १ अर्ब ४४ करोड रहेको बैंकको उक्त आम्दानी यो वर्ष बढेर २ अर्ब २३ करोड पुगेको हो ।

गत वर्षको यसै अवधिमा २५ रुपियाँ ३० पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपियाँ ११ पैसामा संकुचन आएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपियाँ ६६ पैसा छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब २७ करोड, शेयर प्रिमियम कोषमा १७ करोड र रिटेर्न अर्निङ्ग कोषमा एक अर्ब ७९ करोड गरि कूल ५ अर्ब २४ करोड बराबरको जगेडा कोष रहेको छ।

बैंकको खराब कर्जा अनुपात ३.२६ प्रतिशत, आधार ब्याजदर १०.८६ प्रतिशत र कोषको लागत ७.९४ प्रतिशत र कर्जा निक्षेप अनुपात सिसिडि रेसियो ७६.६१ प्रतिशत रहेको छ ।

बैंकको बेसरेट १०.८६ प्रतिशत र कस्ट अफ फण्ड ७.९४ प्रतिशत छ । बैंकको ३.९७ प्रतिशतको निष्क्रिय कर्जा अनुपात ३.९७ प्रतिशतबाट ३.२६ प्रतिशतमा घटेको छ । चैत मसान्तको रिपोर्टका आधारमा बैंकको स्प्रेडदर ३.१७ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement