भ्रष्टाचार आरोप लागेका ब्राजिलका पूर्व राष्ट्रपतिद्वारा आत्मसमर्पण

Advertisement

ब्राजिल । भ्रष्टाचार सहितका अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

प्रहरीले उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखेको छ।

पूर्व राष्ट्रपति मिसेल टेमेअर गत मार्च महिनामा पनि चार दिन हिरासतमा राखिएका थिए।तर उनले हालेको बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि उनी हिरासत मुक्त भएका हुन्।
बुधवार एउटा अदालतले उनलाई पुनस् जेल चलान गर्न आदेश दिएको थियो। उक्त न्यायिक आदेशको पालना गर्दै पूर्व राष्ट्रपति टेमेअरले स्वेच्छिक रूपमा आफूलाई अधिकारीहरू समक्ष प्रस्तुत गरेका हुन्।

विभिन्न अभियोग
उनको कार्यकाल गत वर्षको अन्त्यमा सकिएको थियो। उनीविरूद्ध भ्रष्टाचार गरेको, घुस लिएको र आपराधिक सङ्गठनको नेतृत्व गरेको जस्ता कैयौँ अभियोग सहित छवटा दण्डनीय मुद्दा छन्।

आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका पूर्व राष्ट्रपति टेमेअरले अदालतको आदेश खेदजनक भएको टिप्पणी गरेका छन्।

त्यस निर्णयविरूद्ध माथिल्लो अदालतमा जाने उनको भनाइ छ। भ्रस्टाचारको अनुसन्धानका क्रममा लुला दा सिल्भापछि गिरफ्तार हुने उनी ब्राजिलका दोस्रा पूर्व राष्ट्रपति हुन्।

Advertisement

Advertisement