महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर इटहरीमा स्थापना

Advertisement

काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्सले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । साथी पेट्रोल पम्पसँगै रहेको यस विक्रीकक्षको समुद्घाटन अग्नि ग्रुपका स्पेयर पार्ट प्रमुख युगल सिंहले गरेका हुन्।

नयाँ स्थापना गरिएको विक्री कक्षबाट महिन्द्राका स्पेयर पाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने छ ।
उद्घाटनसँगै जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ ।

यो स्पेयर पार्ट विक्री कक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । कम्पनी केवल सवारी विक्री गर्ने तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा अग्नि ग्रुप डिलर नेटवर्कका अमित कुमार चौधरी लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीयहरुको सहभागिता समेत रहेको थियो ।

Advertisement

Advertisement

Advertisement