सेयर बजार ओलारो लाग्ने क्रममा अझै सुधार आएन्, वित्त समूह भने तीन प्रतिशतले उक्लियो

Advertisement

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम बिहीबार पनि जारी रह्यो । आज नेप्से परिसुचक चार दशमलव ४९ अंकले घटेर एक हजार २८४ दशमलव ५९ कायम भयो भने सेयर कारोबारमा पनि कमी आई ५८ करोड ८८ लाख रुपियाँको कारोबार भयो ।

नेप्सेको वेभसाइटमा समस्या आउँदा केही समय किनबेच हुन नसकेपछि कारोबार रकममा कमी आएको हो । कारोबार गर्ने कम्पनीहरुमा शिवम सिमेन्ट आज पनि सबैभन्दा अगाडि रह्यो । यो कम्पनीको सात करोड ७७ लाख रुपियाँको कारोबार भयो ।

नाफा धेरै गर्नेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे भने घाटा खानेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता अगाडि रहे । समूहतर्फ होटल, विकास बैंक, वित्त, अन्य र म्युचुअफ फण्ड समूहका सुचकहरुमा सुधार आए पनि बाँकी समूहमा गिरावट रह्यो । वृत्त समूहको वृद्धि सबैभन्दा धेरै तीन प्रतिशतको रह्यो ।

Advertisement

Advertisement

Advertisement