पुरुषको अनुहारवाला पर्स भयो भाइरल

Advertisement

काठमाडौं । हरेक दिन बजारमा नयाँ नयाँ बस्तुहरुको विकास भैरहेको छ । कतिपय बस्तुहरु राम्रा हुन्छन् भने कतिपय बस्तुहरु अनौठा लाग्ने हुन्छन् ।

यस्तै अहिले सोसल मिडियामा पुरुषको दाह्रीवाला अनुहार भएको पर्स भाइरल भएको छ । ट्वीटरमा एकजना प्रयोगकर्ताले यो अनौठो पर्सको भिडियो शेयर गरेपछि त्यो भाइरल बनेको छ । ५४ सेकेण्डको उक्त भिडियोमा कुनै दाह्रीभएको पुरुषको अनुहारसंग मिल्दछ ।

पर्समा दाँत, गुलाबी गिँजाहरु तथा जिब्रो प्रष्टै देखिन्छ । भिडियो भाइरल भएसँगै यो पर्सका बारेमा अनेक प्रकारका टिप्पणी पनि आइरहेका छन् ।धेरैजनाले यस्तो पर्स देख्दा आफुलाई निकै असहज महसुस हुनुका साथै बेचैन भएको समेत उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement