ग्लोबल आइएमई बैंक र आइएफसीबीच ऋण सम्झौता आदान–प्रदान

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ ।

ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र (आइएफसी)का आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार सम्झौता आदान प्रदान गरे ।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपियाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।

यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य पुँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ । आईएफसीबाट ल्याइने ऋmणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement