शाओमीले रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक गर्यो

Advertisement

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीले रेडमी नोट ७ प्रो मोबाइल नेपालमा सार्वजनिक गरेको छ । यसमा सोनीको ४८ एमपी क्यामेरा छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सर्पोट गर्छ ।

यसको अघिल्लो र पछिल्लो भागमा रहेको कर्निङ गोरिला ग्लास ५ ले यसलाई अलग बनाएको कम्पनीको दाबी छ ।  नेपाली बजारका लागि ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २४ हजार ९९९ र ६ जीबी प्लस १२८ जीबी भेरियन्टका लागि २९ हजार ९९९ निर्धारण गरिएको छ ।

मोबाइल स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू कलरमा जुन ३० तारिकदेखि देशभर आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र डराज डट कममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement

Advertisement