योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजबाट कार्यान्वयनमा

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट मंसिर ११ गते शुभारम्भ भएकोे योगदानमा आधारित सामाजिक सुरक्षा योजना बुधबारबाट कार्यान्वयनमा आएको छ । आर्थिक बर्ष शुभारम्भसंगै योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको हो ।

यसबाट नेपालको संविधानको धारा ३४ को उपधारा ९२० अनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न महत्वपूर्ण आधार तय भएको छ। सामाजिक सुरक्षा कोषले प्रारम्भमा औषधि उपचार तथा सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सहित चार वटा योजना सञ्चालन गर्नेछ ।

यस योजनामा सहभागि हुन आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने व्यावस्था गरिएको छ । जसमध्ये सम्बन्धित रोजगारदाताले २० प्रतिशत र योगदानदाताले ११ प्रतिशत रकम यानेगदान गरि कूल ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ ।

योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरे पश्चात मात्र कोषले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा योजना बमोजिमका सुरक्षाहरु प्राप्त गर्न सकिनेछ । योगदान रकम सामाजिक सुरक्षा कोषमा जम्मा नभएसम्मको अवधिको सेवा सुविधा व्यावस्थापन सम्वन्धित रोजगारदाताले नै गर्नुपर्नेछ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदान रकम प्राप्त भएकै मितीबाट र अन्य योजनाहरु सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा तोकिए बमोजिमको अवधि पूरा भएपछि मात्र लागू हुनेछ ।

सामाजिक सुरक्षा योजना सञ्चालनमा देखिएका नीतिगत, कानुनी एवं प्रक्रियागत समस्या समाधान गर्ने तथा सामाजिक सुरक्षा योजनालाई थप आकर्षक बनाउने उद्देश्यले निजी क्षेत्र, रोजगारदाता र श्रमिकबाट विभिन्न समयमा प्राप्त सुझाव समेतको आधारमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ परिमार्जन समेत गरिएको छ।

यसबाट सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता हुने विश्वास लिइएको छ।

Advertisement

Advertisement

Advertisement