सानिमा बैंकको नाफा २ अर्ब २४ करोड, अरु परिसूचक कस्ता ?

Advertisement

काठमाडौं । सानिमा बैंकले २ अर्ब २४ करोड नाफा आर्जन गरेको छ । २०७५ असार मसान्तको तुलनामा ३२.५४ प्रतिशतले नाफा वृद्धि गरेर सानिमा बैंक २ अर्ब कमाउने बैंकको सूचिमा समावेश भएको हो । २०७५ असार मसान्तमा बैंकले १ अर्ब ६८ करोड नाफा आर्जन गरेको थियो ।
एनएफआरएस प्रणाली अनुसार बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने १ अर्ब २४ करोड रुपैंयाँ रहेको छ ।

सानिमाले गत आर्थिक वर्षमा ८ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड रुपैंयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा ८९ अर्ब निक्षेप संकलन गरेर ८१ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७७.९१ प्रतिशत छ ।

०.०८ प्रतिशत मात्रै खराब कर्जा रहेको बैंकका आधार ब्याजदर ९.४७ प्रतिशत छ । बैंकको स्प्रेड दर ४.३५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.३९ रहेको छ । सानिमाको प्रतिसेयर आम्दानी २८.०४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४८.७३ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement