महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको वडा नम्बर २९, ठमेलमा नँया शाखा कार्यालय विस्तार गरि बैकिङ कारोबार सञ्चालनमा ल्याएको छ । बैकिङ सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यले बैंले शाखा सञ्जाल विस्तार गर्दै आइरहेको हो ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पुर्याउने उद्देश्यले शाखा बिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ जनाएको छ ।

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement