गुराँस लघुवित्तको नाफामा एक करोड १० लाख रुपियाँको वृद्धि

Advertisement

काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा एक करोड ४८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा एक करोड १० लाख रुपियाँले बढेको छ । यो लघुवित्तको २९१.३९ प्रतिशतको वृद्धि हो ।

अघिल्लो वर्ष लघुवित्तले ३७ लाख रुपियाँ मात्र खुद नाफा आर्जन गरेको थियो। लघुवित्तको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपियाँ पूर्याएको छ । यस लघुवित्तको जगेडा कोषमा एक करोड ७७ लाख रुपियाँ सञ्चित भएको देखिन्छ।

गत आर्थिक वर्षमा १० करोड ६२ लाख रुपियाँ निक्षेप संकलन गरेको लघुवित्तले ५१ करोड ८७ लाख रुपियाँ कर्जा लिएर ६८ करोड ४७ लाख रुपियाँ ऋण लगानी गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानीमा सन्तोषजनक रुपमा सुधार भएको पाइन्छ। गत आर्थिक वर्ष लघुवित्तले ४ करोड ६ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.७० प्रतिशत रहेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १२२ रुपियाँ ८७ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.८६ गुणा बढी छ।

Advertisement

Advertisement

Advertisement