काठमाडौँ । शुक्रबारबाट सिंगल थिएटर लक्षित तीन फिल्म प्रदर्शनमा आएका छन् । रमेश थापा निर्देशित फिल्म ‘साइनो’, राजेन्द्र त्रिपाठीको ‘रे’ र शंकर अधिकारीको निर्देशन रहेको फिल्म ‘काँचुली’ रहेका छन् ।
नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतको अभिनय छ ।
फिल्म ‘रे’ मा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशीको फिल्ममा अभिनय छ । भने, ‘काँचुली’ मा ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे प्रमुख भूमिकामा छिन् । यी दुबै फिल्म बिना प्रचार प्रदर्शनमा आएका छन् ।