सेयर बजार ओरालो लाग्ने क्रम जारी नै, कारोबार रकम पनि घटेर २५ करोडमा सिमित

Advertisement

काठमाडौं । साताको चौँथो दिन बुधबार पनि सेयर बजारमा सुधार आउन सकेन । सेयर बजार परिसुचक नेप्से पाँच दशमलव १७ अंकले घटेर एक हजार २२५ कायम भएको छ भने सेयर कारोबार पनि घटेर २५ करोड ७२ लाख ८५ हजार एक रुपियाँको किनबेच भएको छ ।

आज माइक्रो फाईनान्स बाहेक अधिकांश समूहका सुचकहरु पनि घटेका छन् । माइक्रोफाइनान्स समुहमा ०.१४ अंकले उकालो लागेको छ । बाँकी सबै सुचकहरु एक प्रतिशतभन्दा कम अंकले ओरालो लागेका छन् ।

आज धेरै कारोबार गर्नेमा नेपाल बैंक पहिलो स्थानमा रहेको छ जसको कारोबार दुई करोड १० लाख ६२ हजार ५४१ रुपियाँको रहेको छ । आज सेयर कारोबारको दोस्रो स्थानमा रसुवागढी हाइड्रोपावर रहेको छ जसको कारोबार एक करोड ७१ लाख बराबरको भएको छ ।

आज धेरै नाफा कमाउने पहिलो स्थानमा बिजय लघुवित्त रहेको छ, जुन २५ अंकले बढेको छ । त्यसैगरी दोस्रो स्थानमा एनएलजी इन्स्योरेन्स रहेको छ, जुन १७ अंकले बढेको छ ।

त्यस्तै, आज धेरै गुमाउने पहिलो स्थानमा वल्र्ड मर्चान्ट बैंकि रहेको छ, जुन ६ अंकले घटेको छ । त्यसैगरी, दोस्रो स्थानमा सपोर्ट माइक्रो फाइनान्स रहेको छ , जुन १८ अंकले ओरालो लागेको छ ।

Advertisement

Advertisement

Advertisement