काठमाडौं । पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा दरबार पुगेर सत्ताधारी पार्टीहरुलाई कुरी कुरी भनेका छन् । गोरखा दरबार पुननिर्माणको काम लिएका ठेकेदार सम्पर्क विहिन बनेको र सत्तासिनहरुले आड भरोसा दिएको भन्दै डा. भट्टराईले कटाक्ष गरेका हुन् ।
उप प्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका संघीय समाजवादी पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसहित गोरखा दरबार पुगेका उनले काम नगर्ने ठेकेदारलाई सत्तासिन पार्टीले जोगाईरहेको आरोप पनि लगाए ।
उनले आफ्नो फेसबुकमा लेखेका छनः 'सत्रौं सताब्दीमा राम शाहले बनाएको र अठारौं शताब्दीमा पृथ्वीनारायण शाह जन्मेकोरहुर्केको गोरखा दरबारको पुनर्निर्माण बर्षौदेखि अलपत्र देख्दा कसको मन नकुँडिएला ।'
उनले कामको जिम्मेवारी लिएर पनि सम्पर्कमा नरहेका ठेकेदारबारे भनेका छनः 'स्थानीय जौवारीका श्रेष्ठ थरका ठेकेदार लामो समयदेखि गायब छन् तर सत्ताधारी पार्टीरनेताको आड़ पाएका ती ठूला माछालाई छोए जागीर र पदोन्नति धरापमा पर्ने डरले पुरातत्व विभागका हाकिम तैं चूप मैं चूप छन् ।'
उनले 'गोरखाको प्रमुख पर्यटक आकर्षणको केन्द्रलाई सत्यानाश गरेर अझै समृद्धिको डिंग हाँक्ने कमरेडहरूलाई कति कुरीकुरी भन्ने' भन्दै आश्चर्य समेत प्रकट गरेका छन् ।
“घुष् लिन्या र दिन्या दुवै जनताका शत्रु हुन्” भन्ने पथ्वीनारायणले ब्रह्माण्डको कुनै कुनाबाट यो तमाशा हेरिरहेका भए के भनिरहेका होलान् ? भन्दै पृथ्वी नारायण शाहको स्मरण समेत गरे ।