प्रभु बैंकको नयाँ शाखा कार्यालय गोरखाको छेपेटारमा

Advertisement

काठमाडौं । प्रभु बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा बिहीबारदेखि बैंकको छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहकाबीच शाखाको उद्घाटन भएको हो ।

शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेज्यूलेउद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गरेका छन् । सञ्चालनमा आएको छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

छेपेटार शाखा कार्यालय समुदघाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्नसरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सञ्चालनमा आएको बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement