सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७३ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपियाँले घटेर प्रतितोला ७३ हजार चार सय रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७३ हजार एक सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ९३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार ६७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ९४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement