सेयर बजार अझै ओरालो, कारोबार रकममा सामान्य सुधार

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सेयर बजारमा गिरावट जारी रह्यो । आज नेप्से परिसुचक ३ दशमलब ४६ अंकले घटेर एक हजार १६३ दशमलव ४६ अंक कायम भयो ।

आज सेयर कारोबार पनि करिव ३४ करोड १७ लाख ४५ हजार १३६ रुपियाँको कारोबार भयो । सबैभन्दा धेरै कारोबार गर्नेमा सोल्टी होटल रहेको छ । उक्त होटलको चार करोड ५५ लाखको सेयर कारोबार भयो ।

म्युचल फण्डका समूहका सुचकबाहेक अन्य सबै सुचकहरु राताम्मे छन् । होटल समूहको सुचकमा एक प्रतिशतको गिरावट आएको छ भने अन्य सबै सुचकहरुमा एक प्रतिशतभन्दा कम गिरावट भएको देखिन्छ ।

धेरै घाटा सहनेमा नविल इक्विटी फण्डका लगानीकर्ता अगाडि छन् । उक्त फण्डले १ अंकको घाटा व्यहोरेको छ । त्यसतै, लक्ष्मी लघुवित्त कम्पनीले ४४ अंकको घाटा व्यहोरेको छ ।

त्यसैगरी नाफा गर्नेमा घलेम्दी हाइड्रोका लगानीकर्ता अगाडि छन् । उक्त कम्पनीले ३ अंकले फाइदामा गएको छ । त्यस्तै फाइदा गर्ने दोस्रोमा हरुण भ्याली हाइड्रो रहेको छ । उक्त कम्पनीले ४ अंकको फाइदा भएको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement