एनसीसी बैंकको टिच फर नेपाललाई पाँच लाख आर्थिक सहयोग

Advertisement

काठमाडौं । एनसीसी बैंकले काठमाडौं जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक तथा संस्थागत उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी हुन् ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता वृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई उक्त रकम उपलब्ध गराईएको हो ।

Advertisement

Advertisement