'अब ग्यासमा पनि अन्तर्राष्ट्रिय बजारअनुसार स्वाचालित मूल्य लागू हुन्छ’

Advertisement

काठमााडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले अन्य इन्धनको जस्तै खाना पकाउने ग्यासमा पनि स्वाचालिम मूल्य लागू गर्ने बताएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा उनले पेट्रोल, डिजल, मेट्टितेल र हवाई इन्धनमा जस्तै ग्यासमा पनि हरेक १ र १६ तारिखमा मूल्य समायोजन हुने बताएका छन् । आयल निगमले खाना पकाउने ग्यासको मूल्य स्थिर मूल्य कायम राख्ने प्रयास गर्दै आए पनि यादवले अब भने अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य काम गर्ने बताएका हुन् ।

अहिले ग्यासमा हरेक १५ दिनमा निगमलाई सात करोड ५० लाख रुपियाँ फाइदा छ ।

Advertisement

Advertisement

Advertisement