भारतमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि

Advertisement

काठमाडौं । भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भएको छ । आइतबार नयाँ मूल्य सार्वजनिक गर्दा पेट्रोलमा १.५९ र डिलेजमा १.३१ भारतीय रुपियाँका दरले मूल्यवृद्धि भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा ड्रोन हमलाका कारण क्षति पुगेपछि भएको तेलको उत्पादन कटौतीका कारण मूल्यमा असर परेको हो । लगातारको मूल्यवृद्धिमा यो उच्च हो । योपटक भने मूल्यमा अघिल्लो पटकको भन्दा बढी अनुपातमा वृद्धि भएको हो ।

भारतले तेल आयात गर्ने देशहरुमध्ये साउदी अरेबिया दोस्रो नम्बरमा पर्दछ । साउदी अरेयिबाट भारतले हरेक महिना १२ देखि १३ लाख टन कच्चा तेल खरिद गर्दछ ।

Advertisement

Advertisement