आज काठमाडौंका यी क्षेत्रमा हुँदैन बिजुली

Advertisement

काठमाडौं । २३ गतेदेखि काठमाडौं उपत्यकामा अवरुद्ध हुँदै आएको विद्युत् आपूर्ति आज पनि जारी रहनेछ ।

विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Advertisement

विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अर्थात् चार घण्टा कटौती हुनेछ । 

प्राधिकरणले वैशाख २३ गतेदेखि एक साताका लागि विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिरहेको छ । जसअन्तर्गत आज ताहाचल र चौमती फिडरअन्तर्गत पर्ने छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

साथै, मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति बन्द नहुने पनि प्राधिकरणले जनाएको छ । 

Advertisement

Advertisement