दशैँ विदामा पनि खुल्ने भए राष्ट्रिय वाणिज्य बैंकका २२ शाखा

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैं विदामा देशभरका शाखामध्य २२ वटा शाखा खुल्ला राख्ने भएको छ । बैंकका अनुसार दशैंको अवसरमा विदा हुने दिनहरु यही असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा कार्यालयहरु बिहान १० बजेदेखि एक बजेसम्म खुल्ला रहनेछन्।

काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरु बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलंकी, ललितपुर, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ला रहनेछन्।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिरका शाखा कार्यालयहरु बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहनेछन् । शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन (आश्विन २१ गते) पनि खुल्ला रहने बैंकले जनाएको छ।

उक्त विदाका दिन खुल्ला रहने शाखाहरुबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहाकहरुलाई सेवा प्रदान गरिने बैंकको भनाइ छ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप एक खर्ब ९० अर्ब रुपियाँ कर्जा एक खर्ब ४४ अर्ब रुपियाँ रहेको छ। बेस रेट ६.२३ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

Advertisement

Advertisement

Advertisement