रावा बैंक कोटेश्वर शाखाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय कोटेश्वर शाखाको आयोजनामा नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय कोटेश्वर परिसरमा बुधबार सम्पन्न भएको छ ।

प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख माननीय सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, कमनपा वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, कोटश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा, स्थानीय समाजसेवी कृष्णबहादुर केसी., बैंकका पूर्व नायब महाप्रबन्धक प्रकाशकुमार ढुङ्गाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

बैंकका ३ नम्बर प्रादेशिक कार्यलयकी प्रमुख सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन शाखा कार्यालय कोटेश्वरकी सहायक प्रबन्धक नविना ढकालले गरेका थिए ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपियाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपियाँ रहेको छ । बेस रेट ६.२३ प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

Advertisement

Advertisement

Advertisement