विश्वकप फुटबल छनोट खेलमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित

Advertisement

काठमाडौँ । विश्वकप छनोटका लागि बिहीबार अष्ट्रेलियासँग भएको प्रतिस्पर्धामा नेपाल ५ ० ले पराजित भएको छ । क्यानबेरामा भएको खेलमा विश्व फुटबलमा शक्तिशाली टिमको रुमपा रहेको अष्ट्रेलियासँग पराजित हुन पुगेको हो ।

अष्ट्रेलियासँग भिड्नका लागि एक सातादेखि नेपाली फुटबल टिम अष्ट्रेलियामै बन्द प्रशिक्षणमा रहेको थियो । विश्वकप फुटबल २०२२ का लागि अहिले छनोट खेल भइरहेका छन् । आजको खेलमा जेमी म्याक्लारेनको ह्याट्रिकसँगै घरेलु मैदानमा अष्ट्रेलियाले सहज जित हासिल गर्न सफल भएको हो । यो जितसँग उसले ३ अंक बटुल्न सफल भएको छ ।

सुरुबाटै आक्रामक देखिएको अस्ट्रेलियाका लागि म्याक्लारेनले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले १९ औं मिनेटमा दोस्रो गोल थपे । रायन ग्रान्टले दिएको बललाई म्याक्लारेनले हेडमार्फत पोष्टमा पुर्याएका थिए ।

खेलमा अधिकांश समय नेपाली टिमलाई बल अघि बढाउन भन्दा पनि डिफेन्ड गर्ने मुस्किल परेको थियो । अष्ट्रेलियाली डिफेन्डर साउटरले खेलको २३औं मिनेटमा हेड गर्दै तेस्रो गोल गर्न सफल भएका थिए । खेलको ५९ औं मिनेटमा साउटरले नै प्रहार गरेको बल नेपाली डिफेन्डर दिनेश राजवंशीमा डिफ्लेक्ट हुँदै गोल हुन पुगेको थियो । म्याक्लारेनले ९० औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

अष्ट्रेलियाली टिमको अनुभव र क्षमताका हिसावले आज नेपालले धेरै गोल खाने अनुमान गरिए पनि धेरै गोलको अन्तर भने हुन सकेन् । नेपाली टिम गोल गर्ने भन्दा पनि गोल रोक्नेमा केन्द्रित रहेको थियो । अब नेपालले १५ अक्टोबरमा जोर्डनविरुद्ध खेल्नेछ।

फिफाको बरियतामा अष्ट्रेलिया नेपालभन्दा १७ अंक अगाडि छ । अष्ट्रेलिया ४४औं स्थानमा छ भने नेपाल ६१औं स्थानमा । यसअघि ताइपेईलाई २-० ले हराएको नेपालले कुवेतसँग ७-० ले पराजित भएको थियो । आज नेपालसँग प्रतिस्पर्धा गर्न लागेको अष्ट्रेलियाले कुवेतलाई ३-० ले पराजित गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement