उदयपुरमा आमा छोरी हत्या गर्ने साह पक्राउ

Advertisement

उदयपुर । धरीलो हतियार प्रहार गरेरर आमा छोरी हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीय आमा सारदा कुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्यामा संलग्नलाई प्रहरीले विहिबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो ।

आमाको छोरीको हत्यामा संलग्नको आरोपमा प्रहरीले सिराहको लहान नगरपालका वडा नं। २ मटेरूवा स्थायी घर भई हाल जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं।३ मोतिगडा स्थित सूर्य गिरीको घरमा कोठा भाडामा लिई मिठाई पसल संचालन गरी बस्ने बर्ष ४० रामहरि साहलाई विहिबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको हो ।

पक्राउ परेका साहले आमा छोरीलाई गत शुक्रबार साँझ ७ बजेको समयमा घाँटीमा सलले कसी मृतकको घरको र्भयाङ मुनी लगी घाँटी रेटी काटी कर्तब्य गरी मारेको प्रहरीमा बयान दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक (एसपी) विरबहादुर बुढामगरले जनाएका छन् । एसपि मगरले पक्राउ परेका साह र मृतक चौधरीविच अवैध सम्बन्धको कारण हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको बताए ।

हत्या गरेको घरको कोठाभित्र महिलाले लगाउने सुनको गरगहना (कानमा लगाउने) सुनको २ वटा बटारेको (बेरुवा) रिङ्ग र पानको पात जस्तो आकारको पोते बिनाको सुनको लकेट (मंगलसुत्र) समेत प्रहरीले बरामद गरेको छ । श्रीमान वैदेशिक रोजगारीमा गएको वेला चौधरीले परपुरुषसँग अवैध सम्बन्धका राखेका कारण छोरीको समेत ज्यान गएको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement