जनकपुरमा एक व्यापारीको गोली हानी हत्या

Advertisement

जनकपुर । जनकपुरमा आज बिहान एक जना व्यापारीको गोली हानी हत्या भएको छ । जनकपुरको सपहीमा पेट्रोल पम्प सञ्चालन गरिरहेका मनोज साहलाई स्थानीय पंकज चौधरीले गोली हानेको बताइएको छ ।

साह चौधरीकोमा पैसा माग्न गएकोमा चौधरीले आफ्नै घरमा उनलाई गोली हानेको प्रहरीले जनाएको छ । आज बिहान १०ः३० बजे सो घटना भएको हो ।

गोली लाग्नासाथै ४१ वर्षिय साहलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीलाई अनुसन्धानको लागि पक्राउ गरेको छ ।

Advertisement

Advertisement

Advertisement