काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्लाकोपुर्चौडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङजिल्लाको जैमीनीनगरपालिका वडा नं. ८, अर्के छिस्ती,म्याग्दीजिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १,बेगखोलामा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो ।
त्यसैगरी मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ्ग खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।
यी १० वटै शाखारहित बैंकिङ्ग सेवाहरुस्थानीयजनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवितथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । थप १० वटाशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १९४ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डीसहोमरसीडीएमएरयूटीएलरएनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यी क्षेत्रकाबासिन्दाले बैंकिङ सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमाशाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।