कति कमायो इन्फ्रास्ट्रक्चर बैंकले ? यस्तो छ अवस्था

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३ महिनामा १८ करोड ५६ लाख नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार उसको वितरण योग्य नाफा १८ करोड ५७ लाख रुपैयाँ छ ।

बैंकले २५ करोड निक्षेप प्राप्त गरेको छ भने ८ करोड ४४ लाख कर्जा लगानी प्रवाह गरेको छ । १२ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ९७ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकले हालसम्म बण्ड तथा डिबेञ्चर जारी गर्न सकेको छैन् ।

बैंकले आफुसँग भएको पैसा बैंकहरुमा निक्षेप राखेर ३१ करोड ७९ लाख ६५ हजार ब्याज आम्दानी गरेको छ । ब्याज खर्च भने जम्मा ५५ लाख ६ हजार मात्रै गरेको छ । बैंकको प्रति सेयर आम्दानी ६.२० रुपैयाँ छ भने कष्ट अफ फण्ड ९.४० प्रतिशत कायम छ ।

Advertisement

Advertisement

Advertisement