बंगलादेशका राष्ट्रपति र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

Advertisement

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्।

बुधबार नागपोखरीस्थित मेरियट होटल पुगेर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुई देशको आपसी हित र सहयोगबारे छलफल भएको जनाएको छ।

भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गर्नुभएको थियो । प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताएका छन् ।उनका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।

बङ्गलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उनले खुशी व्यक्त गर्दै योगदान पुयाउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराए । राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा हुनेछ् ।

Advertisement

Advertisement

Advertisement