निषेधित क्षेत्र तोडेको भन्दै राप्रपाको आन्दोलनमा प्रहरीको अश्रु ग्यास र पानीको फोहोरा

Advertisement

काठमाडौं । निषेधित क्षेत्र तोकेको भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा अश्रु ग्यास, पानीको फाहोरा र लाठी प्रहार गरेको छ । 

निषेधित क्षेत्र तोड्ने क्रममा पदर्शनकारी र प्रहरीबीच झडप भयो 
। अघि बढ्न खोजेको जुलुसलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । राजसंस्था तथा र हिन्दू राष्ट्र पुनस्थापनासहित ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । 

Advertisement

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने नारा लगाएका थिए । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका थिए । 

प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

Advertisement

Advertisement