क्यान महासंघको नेतृत्वका लागि सुनैनाको प्यानलद्धारा उम्मेदवारी घोषणा

Advertisement

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

क्यान महासंघको निर्वाचनको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष पाण्डेले शनिवार आयोजित घोषणा सभामार्फत आफ्नो उम्मेदवारीका साथै समूहको उम्मेदवारीसमेत घोषणा गरिन् । कार्यक्रममा उनले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताइन् ।

पाण्डेले सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको एकमात्र छाता संगठन क्यान महासंघलाई सही नीति र नेतृत्वले मात्र अगाडि बढाउन सक्ने भन्दै आफूलाई अत्यधिक मतले निर्वाचित गराउन आग्रह गरिन् ।

पाण्डेले भनिन्, ‘क्यान महासंघलाई गैरराजनीतिक संस्थाको रुपमा सुरक्षित राख्दै सूचना तथा संचार प्रविधिमा नेपालको एकमात्र सर्वोच्च संस्थाको रुपमा स्थापित गराउनेछु, त्यसैगरि स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहन गर्ने र आईसीटी बोर्ड गठन गर्न पहल गर्नेछु, ।’

उनले सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियान साकार पार्न सहयोग गर्ने र क्यान महासंघलाई स्मार्ट क्यान बनाउने योजना पनि सुनाइन् । पाण्डेले भनिन्, ‘मेरो टिमको तर्फबाट आईसीटी इन्डष्ट्रि डाटालाई व्यवस्थित गरी यस क्षेत्रमा सन् २०२४ सम्ममा ५ लाख रोजगारी बढाउन यथोचित भूमिका निर्वाह गर्नेछु, ।’

सुनैनाको टिममा यस्ता छन् उम्मेदवारः
अध्यक्ष सुनैना घिमिरे पाण्डे
संस्थागत आजीवन सदस्यतर्फ
बिक्रम सिंह, टिम एसिया नेपाल प्रालि
ई. समीर प्रधान, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालि
अहमद खान, एप्टेक कम्प्यूटर एजुकेसन प्रालि
संस्थागत सदस्यतर्फ
विश्वराम बलामी, स्वस्तिक डिस्ट्रिब्युसन प्रालि
अरुण वंशल, हाई–टेक ईन्जिनियरिङ प्रालि
उमेश रघुबंशी, ईन्फो डेभलपर्स प्रालि
रणजितकुमार पोद्दार, साथी ट्रेडिङ ईन्टरनेशनल प्रालि
बुद्धरत्न मानन्धर, यु–सफ्ट कम्प्यूटर प्रालि
सरिता सिंह कायस्थ, ओसियन कम्प्यूटर प्रालि
नुच्छे महर्जन, नेसनल कम्प्यूटर वल्र्ड प्रालि

व्यक्तिगत आजीवन सदस्यतर्फ
हेमपाल श्रेष्ठ
सुमनलाल प्रधान
ई. अमीत अग्रवाल

व्यक्तिगत सदस्यतर्फ
रेगबहादुर भण्डारी
चन्द्र विलास भुर्तेल
ई. गुणकेशरी प्रधान
ई. वसन्त लिङ्गथेप
डा. श्रीधर मरासिनी
रुपेशभक्त श्रेष्ठ
सुश्मा शर्मा

लेखा समिति सदस्यतर्फः
राजु कट्टेलः व्यक्तिगत समूहबाट
केशव भट्टराईः संस्थागत समूहबाट
नारायण क्षेत्रीः जिल्ला शाखा समूहबाट

Advertisement

Advertisement

Advertisement