सरकारले लक्ष्यअनुसार राजश्य उठाउन सकेन्, अर्थले लुकायो तथ्यांक, भन्सार राजश्वमा भारी गिरावट

Advertisement

काठमाडौँ । लक्ष्यअनुसार राजश्व उठाउन नसकेपछि अर्थ मन्त्रालयले तथ्यांक लुकाएको छ । विगतका बर्षहरुमा हतारिएर प्रगति विवरण सार्वजनिक गर्ने अर्थ मन्त्रालय यस बर्ष भने चुपचाप देखिन्छ ।

चालु आर्थिक बर्षमा राजश्व संकलन लक्ष्यभन्दा २२ दशमलव २२ प्रतिशतले घटेको छ । विशेषगरी आयातित सामानमा केही कमी आएसँगै भन्सार महशुलको अशुलीमा कमी आएपछि समग्र राजश्वमा त्यसको असर देखिएको हो । पछिल्लो समयमा विशेषगरी सवारी साधनको आयातमा कमी आएको छ । यस क्षेत्रको योगदान भन्सार राजश्वमा सबैभन्दा बढि हुने गरेको छ । यातायातका साधनमा साढे दुई सय प्रतिशतभन्दा बढि लाग्दै आएको छ ।

कात्तिक मसान्तसम्म तीन खर्ब ३० अर्ब रुपियाँ राजस्व संकलन हुनुपर्नेमा जम्मा दुई खर्ब ५७ अर्ब मात्रै संकलन भएको छ, जुन लक्ष्यको तुलनामा ७७ दशमलव ८८ प्रतिशत मात्रै हो । यही दरमा राजश्व संकलनमा कमी आउने हो भने समग्र समग्र अर्थतन्त्रमा नै त्यसको असर पर्ने देखिन्छ ।

अर्थमन्त्री युवराज खतिवडाले आयात र अवैध कारोबारमा कडाई गरेपछि त्यसको असर राजश्व संकलनमा पनि देखिएको हो । उनले आयातलाई निरुत्साहित र स्वदेशी उद्योगलाई प्रवद्र्धनको नीति लिएका छन भने अवैध कारोबार कम गर्दै जान नयाँ नीति लिएका छन् ।

Advertisement

Advertisement

Advertisement