गण्डकी विकास बैंकको एकै दिन चार नयाँ शाखा विस्तार

Advertisement

काठमाडौं । गण्डकी विकास बैंकले एकै दिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकले धादिङको धादिङ्बेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकै साथ शाखा कार्यालय विस्तार भएको हो ।

हाल बैंकको मुलुक भरी शाखा सञ्जाल ८१ रहेकोमा यो समेत ८५ स्थानमा शाखा सञ्जाल विस्तार भएको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भै राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आय पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्ने बेकले जनाउको छ ।

यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रहेको छ भने गत आश्विन मसान्त सम्म बैंकले रु १२ करोड ४२ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको भन्दै उक्त अवधिमा बैंकले कुल निक्षेप रु ३० अर्ब ९ करोड संकलन गर्न र कुल कर्जा २६ अर्ब ३० करोड प्रवाह गर्न सफल भएको छ । समिक्षा अवधिमा बैंकको निश्क्रिय कर्जाको अनुपात पनि न्यून रहेको पनि जनाउको छ ।

Advertisement

Advertisement

Advertisement