विदेशमा पनि उठ्न थाल्यो सीमा अतिक्रमणविरुद्ध आन्दोलन, बेल्जियमस्थित भारतीय दूतावास अगाडि प्रदर्शन

Advertisement

लण्डन । बेल्जियममा बस्दै आएका नेपालीहरुले भारतीय सीमा अतिक्रमणको विरोध गर्दै यहाँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । नेपाली भूमि कालापानी, लिपुलेकलगायतका ठाउँ जोडेर भारतले आफ्नो नयाँ नक्सा जारी गरेसँगै चर्किएको विरोध प्रदर्शन विदेशी भूमिहरुमा पनि सुरु भएको हो ।

गैरआवासीय नेपाली संघ बेल्जियमको नेतृत्वमा विभिन्न संघसंस्था तथा समुदायसँग सम्वद्ध नेपालीहरु एक जुट भएर भारतीय अतिक्रमणको विरोध गर्दै प्रदर्शन गरेका हुन् । ब्रसेल्समा रहेको भारतीय दूतावास भवन अगाडिको विरोध प्रदर्शनमा सयभन्दा बढि नेपालीहरु सहभागी थिए ।

उनीहरुले भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेसित गरिएको ज्ञापन पत्र बुझाउँदै नेपाली भूमि फिर्ता गर्न र भारतीय सेना फिर्ता लैजान आग्रह पनि गरेका छन् । पत्रमा उनीहरुले नेपालका थुप्रै ठाउँहरु भारतले अतिक्रमण गर्दा हजारौं नेपालीहरु पीडित भएको भन्दै तत्काल यो समस्या समाधान गर्न आग्रह गरेका छन् । भारतको विरोधसहितको नारा अंकित कालो ब्यानर र प्लेकार्डसहित उपस्थित उनीहरुले भारतीय दादागिरीको चर्को विरोध गरेका थिए ।

Advertisement

Advertisement

Advertisement