स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले बिहान १०ः३० बजे कायस्थ ब्यान्क्वेट, बनेपा ५ मा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि मंसिर १५ गतेदेखि २८ गतेसम्म शेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने कम्पनी सचिव मनोजकृष्ण उप्रेतीले जनाएका छन् ।

साथै, कम्पनीको भदौ ६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट कूल चुक्ता पूँजीको २६.७५ प्रतिशत शेयर लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पठाएकोेमा मंसिर २ गते स्वीकृति प्राप्त भएको कम्पनी सचिव उप्रेतीले बताए ।

कम्पनीको हाल कायम चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार २ सय १३ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement