फेल भएका १२८४ जनालाई सवारी लाइसेन्स दिने यातायातका प्रमुख सहित ३८ जना बिरुद्ध मुद्दा

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र प्रदेश नम्बर ३ ललितपुर एकान्तकुना कार्यालयका तत्कालीन प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल सहित ३८ जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । २०६९ साल बैशाख, जेठ र असार महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनाको नतिजा गैरकानूनी तरिकाले पास बनाई परिणाम फेरबदल गरी लाइसेन्स जारी गरेको अख्तियारले आइतबार दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

यसरी जारी गरेका लाइसेन्सहरुको सरकारी कागजात नोक्सान गरेको र लिनु पर्ने राजश्व समेत नलिई राजश्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना गरेका पुष्टी भएकोले ३८ जना विरुद्ध जरिवाना र कैद सजाय माग दाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । तत्कालीन कार्यालय प्रमुख पोखरेललाई ८ लाख ८० हजार बिगो कायम गरी बिगोको दोब्बर जरिवाना सहित कैद सजायको माग दाबी गरिएको छ ।

त्यसैगरी हाल अवकाश प्राप्त इञ्जिनियर बासुदेव पोखरेलाई ३ लाख ४६ हजार ७ सय ५० रुपैयाँ, प्रहरी निरीक्षक मुरारी मिश्रलाई २४ हजार ३ सय, तत्कालीन प्रहरी निरीक्षक(हाल प्रहरी उपरीक्षक)नवराज थापालाई २४ हजार ९ सय, शाखा अधिकृत(हाल अवकास) राममणि पोखरेललाई ३५ हजार ९ सय, शाखा अधिकृत(हाल निलम्बन) इश्वरराज रेग्मीलाई ३० हजार, शाखा अधिकृत शम्भुप्रसाद थपलियालाई ११ हजार १ सय, शाखा अधिकृत(हाल उपसचिव) धर्मराज ढुंगानालाई ३ हजार २ सय र तत्कालीन शाखा अधिकृत(हाल उपसचिव) बाबुलाल रेग्मीलाई ७ सय रुपैयाँ बिगो रकम कायम गरी बिगोको दोब्बर जरिवार सहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिक सजायको माग दाबी गरिएको छ ।

मुद्दा दर्ता भएका अन्य  व्यक्तिहरू:





















































































































































































































सि.नं. पद नामथर बिगो रकम कैफियत
शाखा अधिकृत (हाल निलम्बन) चक्रबहादुर श्रेष्ठ रु. १,७००।- जारी गर्ने
शाखा अधिकृत पदमप्रसाद पोखरेल रु. २,८००।- ''
शाखा अधिकृत (हाल अधिकृत स्तर आठौं) वासुदेब तिवारी रु. ३,३००।- ''
शाखा अधिकृत(हाल सेवा निवृत्त) भरतकुमार थापा रु. १,७००।- ''
शाखा अधिकृत (हाल निलम्बन) सिताराम खनाल रु. ४,१५०।- ''
शाखा अधिकृत भविन्द्र कार्की रु. ३,०५०।- ''
नायव सुब्बा वच्चुप्रसाद पोखरेल रु. १००।- सिफारिस गर्ने
नायव सुब्बा (हाल अधिकृत छैठौं) स्थानेश्वर ढुङ्गाना रु. २००।- ''
नायव सुब्बा कमलकुमार खत्री रु. १००।- ''
१० नायव सुब्बा (हाल निलम्बन) मदन गिरी रु. २५०।- "
११ नायव सुब्बा प्रेमराज निरौला रु. १,७००।- ''
१२ नायव सुब्बा(हाल अवकास) राधाकृष्ण पोखरेल रु. ५००।- ''
१३ नायव सुब्बा (हाल अधिकृत छैठौं) सत्यबहादुर भण्डारी रु. १००।- ''
१४  नायव सुब्बा शिवप्रसाद चापागाई रु. ५००।- ''
१५ नायव सुब्बा (हाल अधिकृत छैठौं) उमाकान्त जोशी रु. २००।- ''
१६ प्राविधिक नायब सुब्बा (हाल अवकास) सुर्य बज्र वज्राचार्य रु. २,७००।- ''
१७ कम्प्युटर अपरेटर (हाल अधिकृत सातौं) सन्जिव न्यौपाने रु. १००।- ''
१८ टाईपिष्ट नायव सुब्बा कविता खड्का रु. २,१००।- ''
१९  टाईपिष्ट नायव सुब्बा रञ्जुसेन पाण्डे  रु. १००।- ''
२० खरिदार(हाल ना.सु.) वावुकृष्ण महत रु. १००।- ''
२१ खरिदार (हाल निलम्बन) बद्रीप्रसाद दाहाल रु. १००।- ''
२२ खरिदार (हाल सहायक स्तर पाँचौं) कोषबहादुर थापा रु. २००।- ''
२३ खरिदार (हाल सहायक स्तर पाँचौं) माधवप्रसाद कोइराला रु. ३५०।- ''
२४ खरिदार(हाल ना.सु.) मणिराम कोइराला रु. ३००।- ''
२५ खरिदार (हाल अवकास) प्रतिभा न्यौपाने क्षेत्री रु. १००।- ''
२६ खरिदार . रघुनाथ के.सी रु. २००।- ''
२७ खरिदार (हाल ना.सु.) रामप्रसाद भट्टराई रु. ९००।- ''
२८ खरिदार (हाल ना.सु) तिर्थराज जैशी रु. १,३००।- ''
२९ टा.खरिदार (टा.ना.सु) तुलसा श्रेष्ठ अधिकारी रु. ५००।- ''

 

Advertisement

Advertisement

Advertisement